• १४ वैशाख २०८१, शुक्रबार

कन्काई आसपासमा सतर्कता अपनाउन आग्रह

blog

कन्काई नदीमा आएको बाढी । दोमुखमा देखिएको दृश्य ।

विष्णुप्रसाद पोखरेल

दमक, असार ४ गते । पूर्वी नेपालको कन्काई नदी सहित आगामी तीन दिन तमोर र अरुणमा नदीको बहाव उल्लेख्य बढ्ने देखिएकाले तटीय क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले उल्लेख गरे अनुसार कन्काई र तमोर नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान गरिएको हो ।

उक्त नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक भएको र आसपासका बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ । केही स–साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान रहेको पनि उल्लेख गरिएको छ । खोला आसपासका बासिन्दाहरूलाई सतर्क रहन मोबाइलबाट एसएमएस आएको स्थानीयहरूले बताएका छन् ।

सोमबार बिहान जारी भएको बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार सतर्कता तहभन्दा माथि बाढी नआए पनि सचेत रहन भनिएको छ । झापाको कन्काई खोलाको दोमुखा क्षेत्रमा पानीको सतह बढ्दै गएको छ । 

झापा जिल्लाका अधिकांश पालिकाहरू बाढीको जोखिममा छन् ।