• १४ वैशाख २०८१, शुक्रबार

नवनियुक्त मन्त्री महतो र राज्यमन्त्री प्रमिलाद्वारा शपथग्रहण

blog

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपति भवन

काठमाडौं, जेठ १० गते । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वातावरण मन्त्री महतो र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष शिक्षा राज्यमन्त्री प्रमिलाले शपथ लिनुभएको हो ।


महतो र प्रमीला जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मन्त्री नियुक्त हुनुभएको हो । जसपाबाट यसअघि नै अशोककुमार राई शिक्षा मन्त्री हुनुहुन्छ ।