• २७ वैशाख २०८१, बिहिबार

इच्छाकामना गाउँपालिकामा पनि रवि अगाडि

blog

शालिग्राम नेपाल 

चितवन, वैशाख ११ गते । चितवनको इच्छाकामना गाउपालिकाको छ वटा वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर मतान्तर बढाउनु भएको छ । 

लामिछानेले तीन हजार ६०२ पाउँदा उहाका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ६२ मत ल्याउनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गर्नुभएको छ । 

७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।

आज दिउँसो २ बजेबाट गणना सुरु भएको मतगणना इच्छाकामना गाउँपालिका सकिएपछि कालिका नगरपालिका क्षेत्रको गणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।