• १४ वैशाख २०८१, शुक्रबार

अर्थतन्त्र सुधार्ने उपाय खोजिन्छ : गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख ८ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

सरकारले तत्कालीन समस्या समाधानका उपायहरू खोज्ने हो भने तत्काल अर्थतन्त्रमा सुधार आउने बताउनुभयो । सरकारले अर्थतन्त्रमा देखापरेका तत्कालीन समस्या समाधान गर्न सबै  ध्यान केन्द्रित रहेको बताउनुभयो । गृहमन्त्री श्रेष्ठले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्र तथा सम्बन्धित सबैसँग छलफल गरिरहेको बताउनुभयो ।

 

सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभयो । अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।  अर्थतन्त्रमा देखा परेका समस्या सरकारले केही निर्णय गर्नासाथ चलायमान बनाएर लैजान सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधार गर्न प्रधानमन्त्री स्वयम्ले अर्थ मन्त्रालय, राष्ट्र बैङ्क र निजी क्षेत्रकासँग छलफल गरिरहेको बताउनुभयो । अर्थतन्त्र सुधार गर्न सबैसँग हातेमालो गरेर अघि बढ्न सरकार सकारात्मक रहेको उहाँको भनाइ छ ।