• १४ वैशाख २०८१, शुक्रबार

दाङमा बस दुर्घटना, एकको मृत्यु

blog

दुर्घटनामा परेको बस । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, वैशाख २ गते । दाङको घोराही–लमही सडकखण्डमा आज शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट बुटवल जान लागेको मिनी बस घोराही उपमहानगरपालिका –३ मसोट खोलाको ओरालोमा ब्रेकफेल भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बसमा सवार दाङको बंगलाचुली गाउँपालिका –६ लापे निवासी ३० वर्षीय यमी घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी घर्तीको उपचारका क्रममा लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

घोराहीबाट बुटवल जाँदैगरेको ना ४ ख ६९५० नम्बरको मिनी बस ब्रेकफेल हुँदा मसोटखोलाको नजिकै घुम्तीमा बस दुर्घटनामा परेको थियो । बसमा सवार मृतक घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती, प्युठान जिल्ला ऐरावती गाउँपालिका–२ निवासी सरस्वती आचार्य, लमही नगरपालिका–५ निवासी सुरज बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।