• १४ वैशाख २०८१, शुक्रबार

रोहित र अभयलाई ब्याडमिन्टन उपाधि

blog

मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगीताको उपाधि विजेता । तस्बिर : गोरखापत्र

नारद कोहार

तौलिहवा, चैत १२ गते । कपिलवस्तुको तौलिहवामा सम्पन्न डीबी मेमोरियल खुला जिल्लास्तरीय मेन्स डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ । 

फाइनलमा रोहित र अभयले वैरियाका जितेन्द्र घिमिरे र लक्ष्मण थापाको जोडीलाई २–१ को सेटमा हराउनुभयो । उपाधिसँगै रोहित र अभयले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । उपविजेता जोडीले आठ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

रितेश थापा र सुदीप पौडेल र सन्दीप श्रेष्ठ र मोहम्मद हुसेनको जोडी तेस्रो हुनुभयो । तेस्रो हुनेलाई दुई हजार रुपियाँ पुरस्कार प्रदान गरियो । विजेतालाई लुम्बिनी प्रदेशका सदस्य सुधाकर पाण्डेय, खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यायलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

सिंह कन्ट्रक्सनको संयोजन तथा जिल्ला ब्याडमिन्टन सङ्घले आयोजना गरेको प्रतियोगितामा ३२ समूहले भाग लिएका थिए ।