• १४ वैशाख २०८१, शुक्रबार

दुई हजार किलो सुपारीसहित चौधरी पक्राउ

blog

प्रहरीले सुपारीसहित नियन्त्रणमा लिइएको गाडी । तस्बिरः नेपाल प्रहरी

झापा, फागुन १९ गते । अवैध सुपारी बोकेको गाडीसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मङ्गलवार २ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर नगरपालिका वडा नं ६ मा दुई हजार किलो सुपारीसहित झापा दमक नगरपालिका वडा नं १ बस्ने वर्ष २८ को मुकेश चौधरीलाई पक्राउ गरेको जनाएको छ । 

अवैध सुपारी बोकेको प्र.१.०२.००२ च ५४३२ नम्बरको पिकअप गाडी पनि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी सुनसरी पठाइएको रिजालले बताउनुभयो ।