• १५ वैशाख २०८१, शनिबार

काँग्रेस नेता भण्डारीको निवासमा ग्याँस सिलिन्डर विस्फोट, दुई घाइते

blog

काठमाडौँ, फागुन ४ गते । गुल्मी निर्वाचन क्षेत्र न १ का सङ्घीय सांसद  काँग्रेस नेता डा. चन्द्र भण्डारीको काठमाडौँस्थित बुद्धनगर निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा पोलेर उहाँ र उहाँकी आमा गम्भीर घाइते हुनु भएकाे छ । हाल घाइतेहरु कीर्तिपुर बर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको छ ।

बर्न अस्पतालका चिकित्सक डा किरण नकर्मीका अनुसार उहाँहरूको स्वास्थ्य स्थिति गम्भीर छ । डा नकर्मीका अनुसार हाल अस्पतालको सघन कक्षमा उपचार हुँदै छ, डा. भण्डारीको शरीरको करिब ३० प्रतिशत  र उहाँकी माताको ७० प्रतिशत शरीरको भाग जलेको छ ।

डा नकर्मीका भन्नुहुन्छ, डा भण्डारीको फोक्सोमा धुवाँ पसेकोले दुवैको अवस्था गम्भीर छ।  डा. चन्द्र भण्डारीको सचिवालयका अनुसार बिहीबार राती १० बजे ग्याँस पड्किएर घटना भएको थियो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।