• १४ वैशाख २०८१, शुक्रबार

इहि मचा संस्कार (फाेटाे फिचर)

blog

इहि मचा संस्कार । तस्बिर –मनाेजरत्न शाही ।

गोरखापत्र अनलाइन

काठमाडौँ, फागुन १ गते । नेवार समुदायमा इहि संस्कार (बेलविवाह) विधिवत् रुपमा भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको भेलुखेलका राजेन्द्र लेगेको छोरीको इहि गर्न लाग्दा सो क्षेत्रका ३९ जना कन्या सो संस्कारमा उपस्थति भएका थिए ।

यस समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने चलन छ । यस संस्कारमा बेललाई विष्णुको प्रतीक मानेर विवाह गर्ने चलन छ । यस्तै, ‘बा¥हा’ अर्थात् गुफा राख्ने चलन छ । यस संस्कारमा सूर्यसँग विवाह गराउने चलन छ । नेवार महिलाको श्रीमानको मृत्यु भए पनि विधवा नहुने मान्यता छ । 

तस्बिर –मनाेजरत्न शाही


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।