• १४ वैशाख २०८१, शुक्रबार

अख्तियारमा यशोधरा पालिकाको उजुरी धेरै

blog

तौलिहवा समाचारदाता

तौलिहवा, माघ २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान  आयोगमा कपिलवस्तु जिल्लाका १० स्थानीय तहमध्ये धेरै उजुरी पर्ने स्थानीय तह यशोधरा गाउँपालिका रहेको छ। 

सबैभन्दा कम उजुरी पर्ने स्थानीय तहमा शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिका छन्  । गत आर्थिक वर्ष र यो आर्थिक वर्षको उजुरीका आधारमा यशोधरा गाउँपालिकाको १२ उजुरी र शुद्धोधन गाउँपालिका र कपिलवस्तु नगरपालिकाको एक/एकवटा  मात्र उजुरी परेको आयोगको कार्यालय बुटवले जनाएको छ। शुद्धोधनमा आयोजित भष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी स्थानीय तहसँगको अन्तत्र्रिmया कार्यक्रममा आयोगले यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो। 

त्यस्तै दोस्रोमा कृष्णनगर नगरपालिकाको ११ वटा उजुरी परेको छ। महाराजगञ्ज नगरपालिकाको आठ, विजयनगर गाउँपालिकाको सात, वाणगगा नगरपालिकाको छवटा उजुरी परेको छ। 

बुद्धभूमि नगरपालिका र मायादेवी गाउँपालिकाको पाँच/पाँचवटा उजुरी परेको छ। शिवराज नगरपालिकाको दुईवटा उजुरी परेको छ। स्थानीय तहमा विकास निर्माण, शिक्षा, स्वास्थ्यजस्ता काममा धेरै उजुरी पर्ने गरेको आयोगका सिनियर डिभिजनल अधिकृत जयराम श्रेष्ठले बताउनुभयो।