• १५ वैशाख २०८१, शनिबार

‘बिहे पास’ वैशाखमा

blog

काठमाडौँ, माघ १३ गते । दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत चलचित्र ‘बिहे पास’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ। नयाँ वर्ष २०८० को वैशाख १ गते प्रदर्शन हुने चलचित्रको श्रीपञ्चमीको अवसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा दयाहाङ, प्रकृतिको साथमा बुद्धि तामाङ, शिशिर वाङ्देल र रवीन्द्र झा देखिनुभएको छ। 

चलचित्र प्रवेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गर्नुभएको हो। रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहनुभएको चलचित्रमा श्याम राई, विशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलको अभिनय रहेको छ।