• १४ वैशाख २०८१, शुक्रबार

आगलागी सचेतना

blog

जुम्ला समाचारदाता

जुम्ला, माघ ९ गते । वनजङ्गलमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा जुम्लामा सशस्त्र प्रहरीले सचेतनामूलक अभ्यास प्रदर्शन गरेको छ। 

सशस्त्र प्रहरीबल ३३ नं. गणले आफ्नो २२औँ स्थापना दिवसको पूर्वसन्ध्यामा चन्दननाथ नगरपालिका–१०, गैरागाउँमा सो अभ्यास गरेको थियो। घरमा आगो लागे आगो नियन्त्रण कसरी गर्ने ? घरमा भएका मानिसलाई कसरी उद्धार गर्ने ? भन्ने विषयमा सर्वसाधारणलाई सचेतना गराएको जनाइएको छ।

आगलागी नियन्त्रण सचेतना अभ्यासले घरमा कुनै कारणले ग्यास चुहावट भइहालेमा त्यसको नियन्त्रण कसरी गर्ने भन्नेबारेमा पनि जानकारीमूलक अभ्यास प्रदर्शन गरेको सशस्त्र प्रहरी बल ३३ नं. गणका गणपति चित्राङ्गद दाहालले जानकारी दिनुभयो।