• २७ वैशाख २०८१, बिहिबार

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने

blog

फाइल तस्बिर

काठमाडौं, पुस २९ गते । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ । 

नेप्सेले नेप्सेका शेयरधनीलाई नेपाल सरकारले लगानी गरेका संस्थाको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ । शुक्रबार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रबन्धक निरञ्जन फुयाँलले नेपाल सरकारले लगानी गरेका संस्थाको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताउनुभयो । 

उहाँले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचीकृतको लागि स्वीकृति दिएर छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताउनुभयो । उहाँले नेप्सेको शेयरलाई नेप्सेका सूचीकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताउनुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम, अर्थतन्त्रका पक्ष, सूचीकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौती रहेको बताउनुभयो । 

उहाँले लगानीकर्ताको बढ्दो सङ्ख्यालाई सेवा पुर्‍याउन अनलाइन कारोबार प्रणालीलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घट्नेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रुपमा कायम गरी बजारलाई सुदृढ बनाएर विस्तार गर्न चुनौती देखिएको बताउनुभयो । उहाँले सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकूल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौती रहेको बताउनुभयो । 

उहाँले बजारमा संस्थागत लगानीकर्ताको सङ्ख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको बताउनुभयो । त्यस्तै नेप्सेको साधारण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपियाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको सय प्रतिशत नगद लाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।