• १४ वैशाख २०८१, शुक्रबार

स्वीट्जरल्यान्डको विजयी सुरुवात

blog

क्यामरुनविरुद्ध निर्णायक गोल गरेपछि स्वीट्जरल्यान्डका ब्रील इम्बोलो । तस्बिर : एएफपी

काठमाडौं, मंसिर ८ गते । स्वीट्जरल्यान्डले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘जी’ अन्तर्गत अल जानोव स्टेडियममा बिहीबार भएको खेलमा स्वीट्जरल्यान्डले क्यामरुनलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा स्वीट्जरल्यान्डलाई जिताउन ब्रील इम्बोलोले गोल गर्नुभयो । इम्बोलोले ४८औं मिनेटमा जार्हेदन साक्वीरीको पासमा गोल गर्नुभयो । यता बल पोसेसनमा अब्बल रहेको क्यामरुनले गोल फर्काउन सकेन ।

पहिलो जितसँगै स्वीट्जरल्यान्डले तीन अंक बनाएको छ । क्यामरुनले हारबाट खेलको सुरुवात गरेको छ । यही समूहमा रहेको ब्राजिल र सर्वियाको खेल आज (बिहीबार) राति १२:४५ बजे हुँदैछ । एजेन्सी