• १४ वैशाख २०८१, शुक्रबार

ललितपुर १ मा एक हजार ४७ मतले कांग्रेसको अग्रता

blog

ललितपुर, मङ्सिर ६ गते । ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाको अग्रता कायम छ  ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले एक हजार ४७ मत अन्तरले अग्रता लिनुभएको हो ।

३३ हजार ४१६ मतगणना हुँदा राणको १४ हजार ९४२  मत प्रप्त भएको छ भने नेकपा (एमाले) तर्फका उम्मेदवार नवराज सिलवालको १३ हजार ६९५ मत प्राप्त भएको छ । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार घिमिरेले दुई हजार ८९ मत प्राप्त गर्नुभएको छ ।