• १५ वैशाख २०८१, शनिबार

रामेछापमा गठबन्धन अगाडि

blog

नवराज श्रेष्ठ 

रामेछाप, मङ्सिर ६ गते । रामेछापमा मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश १ को मतगणना भइरहेको छ । 

अहिलेसम्म दुई हजार २२३ मतगणना हुँदा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले एक हजार २२५ मत प्राप्त गर्दा नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेलले ६८७ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, प्रदेश 'क' मा नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठले ९०५ मत प्राप्त गर्दा नेकपा एमालेका शान्ति प्रसाद पौडेललाई ७५४ मत प्राप्त भएको छ । एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८९ हजार ६२ मत खसेको छ ।