• १४ वैशाख २०८१, शुक्रबार

रुकुम पूर्वमा प्रतिनिधि सभामा घर्ती र प्रदेशमा स्वतन्त्र उम्मेदवारको अग्रता

blog

मतगणना हुँदै ।

राजु लामिछाने 

रुकुम पूर्व, मङ्सिर ६ गते । रुकुम पूर्वमा प्रतिनिधिसभामा पूर्ण घर्ती मगर र प्रदेश नम्बर १ मा सुरल पुनको अग्रता कायमै रहेको छ । मंगलबार बिहान ९ बजेसम्म भएको तीन हजार २५१ मतपत्रको गणना अनुसार वाम लोकतान्त्रिक गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार पूर्ण घर्ती मगरले एक हजार ९७९ मत सहित अग्रस्थानमा हुनुहुन्छ ।

उहाँलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार कैलाश कुमार मल्लले छ सय ८० मत ल्याउनुभएको छ भने स्वतन्त्रतर्फका उम्मेदवार चन्द्रराज झाँक्रीले २२२ मत ल्याउनुभएको छ । राप्रपा नेपालका खिमबहादुर खत्रीको मत १५ रहेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नं १ तर्फ पनि स्वतन्त्र उम्मेदवार सुरल पुनको अग्रता कायमै रहेको छ ।

स्वतन्त्र उम्मेदवार पुनले १८९७ मत ल्याउनुभएको छ भने वाम लोकतान्त्रिक गठबन्धनकातर्फबट माओवादीका उम्मेदवार तेजबहादुर ओली १५२२ र स्वतन्त्रतर्फबाट ध्रुवकुमार पुनले ३६२ मत ल्याउनुभएको छ ।