• १४ वैशाख २०८१, शुक्रबार

‘मास्टर जब’लाई कारबाही

blog

काठमाडौँ, कात्तिक १५ गते  ।  वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरण नगरी टर्कीमा रोजगारी दिने भन्दै श्रमिकसँग अन्तर्वार्ता लिने मास्टर जब नामक वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई कारबाही गरेको छ । 

उक्त म्यानपावर कम्पनीले टर्कीमा ‘हेभी ड्राइभर’मा ३० जना पठाउने भन्दै अन्तर्वार्ता लिएको अवस्थामा विभागको आकस्मिक अनुुगमन टोलीले भेटेपछि कम्पनी बन्द गरेर कारबाही गरेको हो । 

विभागमा आएको सूचनाका आधारमा आकस्मिक टोलीले उक्त कम्पनीमा अनुुगमन गरेको थियो । विभागका अनुसार विभागको अनुुगमन टोलीले अनुुगमनका क्रममा टर्कीमा ‘हेभी ड्राइभर’का लागि छनोट भएका ३० जना श्रमिकलाई ‘ट्रायल’ गराइरहेको अवस्थामा फेला परेको थियो ।