• १४ वैशाख २०८१, शुक्रबार

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउँदै

blog

जनकपुरधाम, कात्तिक ५ गते । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचदलीय गठबन्धनका शीर्षनेताहरु आज (शनिबार) मधेश प्रदेशको राजधानी जनकपुरधाम आउँदै हुनुहुन्छ ।

गठबन्धनमा आबद्ध दलका मधेश प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्षनेताहरु जनकपुरधाम आउन लाग्नुभएको कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।

कार्यकर्ता भेलालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको सभापति पञ्जियारले बताउनुभयो ।