• १५ वैशाख २०८१, शनिबार

महिला क्रिकेट : समूह ‘ए’बाट एपीएफ र बागमती सेमिफाइनलमा

blog

काठमाडौं, असोज ३० गते । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा एपीएफ क्लब र बागमती प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् ।आइतबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हरायो ।

पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ९२ रन जोडेको थियो । जितका लागि ९३ रन पछ्याउने क्रममा एपीएफ १६ ओभरमा लक्ष्य पूरा गरेको थियो । एपीएफकी इन्दु बर्मा प्लेयर अफ दि म्याच हुनुभयो । अर्को खेलमा बागमतीले मधेश प्रदेशमाथि आठ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गरेको मधेशले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५४ रन बनाएको थियो । जितका लागि ५४ रनको लक्ष्य पछ्याएको बागमतीले १३.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । बागमतीका विपिसा शाही प्लेयर अफ दि म्याच हुनुभयो ।

यससंगै समूह ‘ए’बाट एपीएफ आठ अङ्कसहित शीर्षस्थानमा रह्यो । बागमती प्रदेश ६ अङ्क सहित दोस्रो स्थानमा रह्यो । समूह ‘बी’ बाट नेपाल पुलिस क्लब शीर्षस्थानमा र लुम्बिनी प्रदेश दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगिसकेका छन् ।