• १५ वैशाख २०८१, शनिबार

विश्व मुटु दिवस

जीवनशैलीमा ध्यान दिए मुटुरोगबाट बचिन्छ: डा. ओममूर्ति अनील

blog

काठमाडौं, असोज १३ गते । उच्च रक्तचाप, मधुमेह र उच्च कोलेस्टेरोलको बच्नु नै मुटुरोगबाट बच्ने उक्त उपाए हो । मुटुरोग विशेषज्ञ डा‍ ओममूर्ति अनिलले  यदि कसैको बलड प्रेसर माथिको १४० माथि छ र तलको  ९० तलको भन्दा बढी छ, ,सुगर खाली पेट १२५ भन्दा बढी र कोलेस्टेरोल नराम्रो १३० भन्दा माथि छ  पहिचान गरी उपचार गर्न आवश्यक छ । 

यसको उपचार गरिएन भने केही वर्षपछि मुटु, मिगौला र मतिष्कको रोग लाग्ने उहाँ बताउनुहुन्छ ।  उहाँका अनुसार सुरुवाती चरणमा अधिका‌श रोगका लक्षण देखाउँदैन ।रोगको लक्षण नखिँदा मानिसले हेलचेक्राइँ गर्ने हुँदा यसले थुप्रै गम्भीर स्वास्थ्य समस्या देखाउने उहाँले जानकारी दिनुभयो । उहाँले मानिसको जीवनशैलीमा विशेष ध्यान दिन सके मुटुरोगबाट बचाउन सकिने बताउनुभयो । 

२० वर्षमाथिका मानिसले रिक्स फ्याट छ कि छैन भनेर चेक जाँच गर्न आग्रह गर्नुहुन्छ ।  यसका अलाव रोगबाट बच्न स्वास्थकर आहार र नियमित शारीरिक व्यायम गर्ने बानी बसाल्न उहाँले आग्रह गर्नुभयो । 

मदिरा चुरोट तथा अन्य जंकफुड नखाने हो भने प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुने उहाँको भनाइ छ ।  यसले मानिसको मृत्यु हुने, आयु घट्ने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँने भन्दै उहाँले चुरोट,खैनी,मदिरापान, धूमपान नगर्न सल्लाह दिनुभयो ।

विश्व मुटु दिवसको अवसरमा मुटुरोग विशेषज्ञ डा‍‍‍. ओममूर्ति अनिलसँग गरिएको भिडियो संवाद 

भिडियोः मनोजरत्न शाही


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।