• ७ पुस २०८१, आइतबार

नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

blog

काठमाडौँ, फागुन ३० गते । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ । 
बुधवार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकले प्रधानमन्त्रीमा १५-१५ महिनाको सहमतिअनुसार कार्यान्वयन नभए फरक तरिकाले सोच्ने बारेमा पनि निर्णय भएको बताउनुभयो । उहाँले सहमति कार्यान्वयन हुने गरी विश्वासको मत दिने निर्णय गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले हिजोको दिनमा प्रधानमन्त्रीसँग जुन सम्झौता गरेका छौँ । जुन विषयहरू बाहिर पनि आइसकेका छन् । त्यो विषयमा सहमति भएको छ । त्यसको कार्यान्वयन गर्न हामी इच्छुक छौँ । तर आज त्यो सबै सहमति कार्यान्वयन हुने गरी विश्वासको मत दिने निर्णय गरेका छौँ । हामीले जे विषयमा सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन सकेन, भएन भने, इमानदारी भएन भने फरक तरिकाले सोच्न सक्ने निर्णय गरेका छौँ । १५-१५ महिना प्रधानमन्त्रीको सहमति भएको छ । अबको १५ महिना प्रचण्ड, त्यसपछि माधवकुमार नेपाल र त्यसपछिको प्रधानमन्त्री केपी शर्मा ओली हुने भन्ने सहमति भएको छ ।’
प्रमुख सचेतक चौधरीले अबको १५ महिना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, त्यसपछिको १५ महिना नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल र त्यसपछिको १५ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने सहमति भएको बताउनुभयो ।