• १३ साउन २०८१, आइतबार

अर्जेन्टिनामा सरकारी मितव्ययिता उपायविरुद्ध आम हड्ताल सुरु

blog

अर्जेन्टिना, माघ ११ गते । अर्जेन्टिनाका प्रमुख श्रमिक सङ्घ, सामाजिक सङ्गठन र प्रगतिशील समूहहरूले राष्ट्रपति जेभियर माइलीको सरकारले प्रस्ताव गरेको मितव्ययिता उपायहरूको विरोधमा १२ घण्टाको हड्ताल सुरु गरेका छन् ।

जसमा राजधानी शहर ब्यूनसआयर्समा कंग्रेसतर्फको र्‍याली समावेश थियो । श्रमिक महासङघ (सीजीटी) ले अन्य श्रमिक समूहहरू बिचको आयोजना गरेको थियो । अर्जेन्टिनामा चार वर्ष भित्रको सबैभन्दा ठूलो सङ्घको नेतृत्वमा भएको विरोध प्रदर्शनको उद्देश्य सरकारलाई बेल्ट–कसाउने उपायहरू र अर्थव्यवस्थालाई नियन्त्रणमुक्त गर्न सुधारहरू लागू गर्नबाट रोक्नका लागि रहेको बताइएको छ ।

राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले हडताललाई ‘निरपेक्ष बकवास’ को संज्ञा दिनुभएको छ । माइलीले प्रस्तावित सुधारहरू पीडादायी भएको स्वीकार गरे पनि देशको सङ्कटग्रस्त अर्थतन्त्रलाई पुनःस्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

श्रमिक नेता एडुआर्डो बेलिबोनीले पत्रकारहरूलाई हड्तालको उद्देश्य जनताको अधिकारको रक्षा गर्नु रहेको बताउनुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल