• १३ साउन २०८१, आइतबार

‘कोरला–त्रिवेणी सडक पहिलो प्राथमिकता’

blog

नवलपरासी समाचारदाता 

बौदीकाली (नवलपरासी), माघ ४ गते । गण्डकी प्रदेशका मुुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले कोरला त्रिवेणी सडकखण्डको निर्माण प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुुभएको छ । उहाँले प्रदेशको भारतसँग सीमा जोडिने त्रिवेणी नाकासम्म कोरलाबाट प्रदेश राजधानी पोखरा हुुँदै पूर्वी नवलपरासीको बौदीकाली भएर झ्यालबास हुुप्सेकोट भएर निर्माण भएको सडक समयमा पूरा हुँदा प्रदेशको विकासमा योगदान पुुग्ने बताउनुभयो ।

मुुख्यमन्त्री पाण्डेले सडकको अनुुगमनका व्रmममा भारतको वाल्मीकिनगर भएर नेपालको त्रिवेणी हुुँदै चीनको कोरला जोड्ने गरी निर्माण भइरहेको सडकले दीर्घकालीन महìव राख्ने बताउनुुभयो । मुुख्यमन्त्री पाण्डेले प्रदेशको संरचना निर्माण भएपछि २०७६ सालबाट निर्माण सुुरु भएको यो सडक प्रदेशको गौरवको आयोजनाका रूपमा रहेको बताउनुभयो । उहाँले प्रदेशको लाइफलाइनका रूपमा यो सडकको विस्तार गरी चाँडै सञ्चालनमा ल्याइने स्पष्ट पार्नुुभयो । मुुखयमन्त्री पाण्डेले यो सडकको अहिले भौतिक प्रगति ३२ प्रतिशत पुगेको उल्लेख गर्नुभयो । 

पहिलो खण्ड अन्तर्गत पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकाको डेढगाउँबाट सुरु भएको पहिलो खण्डको प्रगति सन्तोषजनक नै रहेको मुुख्यमन्त्री पाण्डेको भनाइ छ । डेढगाउँ–झ्यालबास खण्डमा पहिलो चरणमा हाल १८ किलोमिटर सडक निर्माण अघिबढिरहेको छ । प्रदेश सरकारको २०७६ सालको बजेट विनियोजन भएको भए पनि २०७९ साल वैशाखमा सम्झौता भएर निर्माण सुरु गरिएको उक्त खण्ड २०८१ साल कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अहिले ३२ करोड २० लाखको लागतमा सडक निर्माण लामा गौरीशङ्कर जेभीले गरिरहेको छ । सडकको नालासहित कालोपत्रे गर्ने गरी काम अघि बढिरहेको सो खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नालासहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माण सकिएको पूर्वाधार विकास कार्यालय कावासोतीले जनाएको छ । सडकको नाला निर्माणसँगै ठाउँ ठाउँमा ग्याबिन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी रहेको जनाइएको छ । 

प्रदेशको बजेटको मुुख्य लगानी यही सडकमा भइरहेको मुुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुुभयो । प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले डेढगाउँबाट झ्यालबाससम्म करिब ४१ किलोमिटरमध्ये दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने र क्रमशः सबै खण्डको काम अघि बढ्ने बताउनुुभयो ।

झ्यालबासबाट चोरमारासम्म नौ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यस सडक दुम्कीबासबाट त्रिवेणी पु-याउने प्रदेश सकारको लक्ष्य रहेको मन्त्री जिसीको भनाइ छ  । दुम्कीबास–त्रिवेणीखण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै काम अघि बढ्न नसकेको र यसका लागि ऐन संशोधनको प्रव्रिmयामा रहेको जिसीको भनाइ छ । प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले मुस्ताङको कोरलाबाट पूर्वी नवलपरासीको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुुभयो ।