खलङ्गा समाचारदाता
जाजरकोट, पुस २५ गते । जापानमा रहेका कर्णालीका युवाले विद्यार्थीलाई ट्र्याक सुट सहयोग गरेका छन् । भूकम्पपीडित ३२४ जना बालबालिकालाई न्यानो कपडा ट्र्याक सुट वितरण गरिएको छ ।
कुसे गाउँपालिका–५, पाँचकाटियास्थित रामचन्द्र आधारभूत विद्यालयका १०५ जना र सोही वडाको बाटुल्लेस्थित सरस्वती आधारभूत विद्यालयका ९१, बारेकोट गाउँपालिका–५, चन्द्रज्योति प्राथमिक विद्यालयका ६३, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४, सरस्वती आधारभूत विद्यालयका ६५ जना विद्यार्थीलाई ट्र्याक सुट वितरण गरिएको जनाइएको छ ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष चव्रmबहाुदर थापाका अनुसार भूकम्पले घर चर्किएपछि त्रिपालको ओतमा बसेका बालबालिका विद्यालयमा उपस्थित हुन छोडेका थिए । न्यानो कपडा पाएपछि नियमित विद्यालयमा उपस्थित हुने गरेका छन् ।