• १४ असार २०८१, शुक्रबार

गोरखापत्रका सुदूरपश्चिम संयोजक शाह सम्मानित

blog

सम्मान ग्रहण गर्नुहुँदै गोरखापत्र सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाह।

अविनाश चौधरी

धनगढी, पुस २१ गते। गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित हुनुभएको छ। धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उहाँलाई सम्मान गरेको हो। 

शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्‍य ाएको भन्दै नगदसहित सम्मानित गरेको सो संस्थाका सचिव विमलकुमार जोशीले बताउनुभयो।

शाह दुई दशक लामो समयदेखि गोरखापत्रमा कार्यरत हुनुहुन्छ। विगतमा गोरखापत्रका सञ्चालक समिति सदस्यसमेत भइसक्नुभएका उहाँ नेपाल पत्रकार महासङ्घका सुदूरपश्चिम संयोजक र केन्द्रीय सदस्यको रुपमा पनि काम गर्नुभएको छ। सुदूरपश्चिम प्रदेशका सहकारी रजिष्ट्रार टीकाराम थापाले शाहलाई सम्मानपत्र र नगद हस्तान्तरण गर्नुभयो। 

सो अवसरमा सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले सहकारीको शेयर पुँजी तीन करोड ५० लाख ९० हजार एक सय, बचत निक्षेप ३९ करोड ६३ लाख ९३ हजार र ऋण लगानी तथा असुली  ५५ करोड ७१ लाख ५१ हजार १३८ रुपियाँ रहेको बताउनुभयो।