• १२ असोज २०८१, शनिबार

अटो मोबाइल पार्टस् पसलमा आगलागी

blog

फाइल तस्बिर ।

राममणि दाहाल

हेटौँडा, पुस २१ गते । हेटौँडा उपमहानगरपालिका–१० सःमिल रोडस्थित हरिओम अटो मोबाइल पार्टस् पसलमा आगलागी भएको छ । स्थानीय हरिवंशप्रसाद गुप्ताको अटो मोबाइल पसलको भित्र शनिबार बिहान आगलागी भएको हो । 

प्रहरी, हेटौँडा उपमहानगरपालिको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पसलमा लागेको आगो बिहान १०ः५५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगो के कसरी लागेको र भएको क्षतिबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।