• १४ असार २०८१, शुक्रबार

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर

blog

काठमाडौं, पुस २१ गते । पाकिस्तानको केन्द्रीय बैङ्कको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ । स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।

वाणिज्य बैङ्कहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब पाँच अर्ब डलर पुगेको केन्द्रीय बैङ्कले जनाएको छ । एसबीपीका अनुसार दक्षिण एसियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिब १३.२ अर्ब डलर रहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल