• १२ असोज २०८१, शनिबार

चीनद्वारा चार मौसम विज्ञान उपग्रह प्रक्षेपण

blog

काठमाडौं, पुस २१ गते । चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट चारवटा मौसम विज्ञान उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

तियानमु–१ मौसमविज्ञान तारामण्डलसँग सम्बन्धित उपग्रहहरू, कुआइझोउ–१ए क्यारियर रकेटद्वारा साँझ ७ः२० मा प्रक्षेपण गरिएको थियो । यी उपग्रहरुलाई मुख्यतया व्यावसायिक मौसम डेटा सेवाहरू प्रदान गर्न प्रयोग गरिनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल