शालिग्राम नेपाल
चितवन, पुस ७ गते । चितवनको नारायणी पुलबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ । नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफाल्दा जनकपुर उपमहानगरपालिका वडा ५ घर भएकी ३१ वर्षीय सङ्गीताकुमारी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जनकपुर घर भए पनि रोजगारको लागि भरतपुर महानगरपालिका वडा नम्बर १० मा परिवार सहित बस्दै आएका थिए । शुक्रवार दिउँसो ११ः४० बजे नदीमा हामफालेपछि प्रहरीले खोजी कार्य गरेको थियो । घटना पश्चात् विपद् सहितको प्रहरी टोली र स्थानीय मोटर बोर्ड द्वारा तत्काल उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाइएको थियो । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।