• २४ असार २०८१, सोमबार

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

blog

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै निर्वाचन आयोगका आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया ।

काठमाडौं, पुस ६ गते । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । 

राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालका अनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।