• १२ साउन २०८१, शनिबार

जसपाको सुन्दर हरैचा नगर समिति पुनर्गठन

blog

मोरङको गछियास्थित नगर समितिको कार्यालयमा आयोजित कार्यक्रमबाट शंकर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन । तस्बिर : जनता समाजवादी पार्टी

मोरङ, मङ्सिर १७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालको सुन्दर हरैचा नगर समिति पुनर्गठन भएको छ । गछियास्थित नगर समितिको कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट शङ्कर देवानको अध्यक्षतामा १५ सदस्यीय समिति पुनर्गठन भएको हो । 

समितिको उपाध्यक्षमा बलिराम राई, सचिव भोगेन्द्र याम्फु, कोषाध्यक्ष आरती राई सह कोषाध्यक्ष विक्रम याम्फु चयन हुनुभएको छ ।

पुनर्गठन कार्यक्रमको प्रमुख अतिथि पार्टीको केन्द्रीय सदस्य कुन्ता राई रहनुभएको थियो । जसपाको कोशी प्रदेशस्तरीय बैठकबाट पार्टीका केन्द्रीय सदस्यहरूलाई नगर र गाउँ समिति पुनर्गठनको जिम्मेवारीमा खटाएको छ ।a