• १७ असार २०८१, सोमबार

मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

blog

महाकाली(मेची यात्राका क्रममा आइतबार अछाम पुग्नुभएका नेकपा (एमाले) अध्यक्ष केपी ओली ।

काठमाडौं, मङ्सिर १७ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छेलाई मारेर चुनाव जित्ने कुरा घिनलाग्दो भएको बताउनुभएको छ । महाकाली-मेची यात्राका क्रममा आइतबार अछामको विनायकमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले मानिसमाथि आक्रमण र हत्या गरी चुनाव जित्ने संस्कृति घिनलाग्दो भएको बताउनुभयो । उहाँले आफू सरकारमा रहँदा यस्ता कुरालाई हतोत्साहित गरेको बताउनुभयो । उहाँले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘२०७९ साल जेठ १७ गते विनोद साह जस्ता होनहार युवाको जसरी हत्या भयो, त्यसको म विरोध गर्न चाहन्छु  । अत्यन्तै घिनलाग्दो कुरा हो, मानिसको हत्या गर्नु, मानिसमाथि आक्रमण गर्नु, हत्याको संस्कृति आफूजस्तै मान्छेलाई मारेर एउटा मान्छे मारेर चुनाव जित्ने भनेको घिनलाग्दो कुरा हो । सरकारमा हुँदा पनि यस्ता कुरालाई हतोत्साहित गरेका छौँ । हामी सरकारमा हुँदा यस्ता कुरा हुन पाउँदैनन् । जब हामी सरकारबाट हट्छौँ तब विभिन्न हत्या, हिंसाका सिलसिला सुरु हुन्छन्, जाली मुद्दा लगाउने, हत्यारा उम्काउने सिलसिला सुरु हुन्छ । अहिलेको सरकारले हत्यारालाई माफी दिने, मुद्दा चलाउन नमान्ने, चलाइहाले मुद्दा फिर्ता लिने, अदालतले सर्वस्वसहित जन्मकैद गरे तुरुन्त मुद्दा फिर्ता लिने, अहिले धमाधम अदालतले त्यस्ता मुद्दा फिर्ता लिनुहुँदैन, सजाय हुनुपर्छ भनेर फेरि जेलमा हालेको छ । म विनोद साहीलाई शहीदको रूपमा घोषणा गर्दछु ।’’

अध्यक्ष ओलीले चुनावकै विषयमा २०७९ साल जेठ १७ गते अछामका विनोद साहीलाई बेपत्ता बनाएर हत्या गरिएकोमा खेद प्रकट गर्दै उहाँले शहीद घोषणाको माग गर्नुभयो ।