• १२ साउन २०८१, शनिबार

बेगनास तालका मोटरबोट बन्द

blog

वेगनासतालमा चलिरहेको मोटरबोटः फाइल तस्बिर

लेखनाथ, मङ्सिर १६ गते। पोखरा महानगरपालिकाले बेगनासतालमा सञ्चालित मोटर बोट बन्द गरेको छ। जलारी समुदायले विरोध जनाएपछि शुक्रबार पोखरा महानगरले पत्र लखेर तत्कालै बोट बन्द गर्न निर्देशन दिएको हो।

मोटरबोट सञ्चालन गर्दा जलचरमा ह्रास आएको र डुंगा व्यवसाय तथा माझीको जीविकोपार्जनमा संकट आएको भन्दै महानगरले यसको सञ्चालन बन्द गर्न निर्देशन दिएको हो। 

जलारीहरुले माछालगायत जलचरको प्रजनन तथा विकासमा प्रत्यक्ष असर गरेको गुनासो गरेका थिए। यस्तै, डुंगा व्यवसाय गरी जीविकोपार्जन गरिरहेका जलारी जतिको पेसामा प्रभाव पारेको भन्दै उनीहरुले महानगरलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए। 

सरोकारवालाले पनि पटक पटक गुनासो गरेकाले मोटरबोट तत्कालका लागि बन्द गर्न सञ्चालकलाई निर्देशन दिइएको महानगरका प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारीले जानकारी दिनुभयो। यता, पोखराकै फेवातालमा भने मोटरबोट चलिरहेका छन्। फेवातालमा करिब सात सय डुङ्गा छन्।