• १५ असार २०८१, शनिबार

‘जातव्यवस्था र यौनिकता : कलामार्फत प्रतिरोध’ प्रदर्शनी

blog

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, हस्तकला र समसामयिक चित्रकला विभागको सहकार्य र सामरी उत्थान सेवाको आयोजनामा बिहीबारबाट ‘जातव्यवस्था र यौनिकताः कलामार्फत प्रतिरोध’ प्रदर्शनी सुरु भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्री सुदन किरातीले जात र लिङ्गको आधारमा समाजमा भएको विभेद बिस्तारै परिवर्तन हुँदै गएको बताउनुभयो । त्यस्तै कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले लैङ्गिक र जातीय विभेद अन्त्यका लागि प्राज्ञिक स्तरबाट कलामार्फत परिवर्तनका लागि अगि बढ्नुपर्ने कुरा बताउनुभयो । कार्यक्रमको अध्यक्ष विमला गायकले समाजमा दमित रूपमा रहेकाको आवाज कलाकारले कलामार्फत उठान गरेको बताउनुभयो । 

कार्यक्रममा पूर्वमन्त्री शङ्कर कोइराला, प्रतिनिधि सभा सदस्य सन्तोष परियार, प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, पूर्वराजदूत पदम सुन्दास, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, गणेश विश्वकर्मा, गौरी नेपाली, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य पाल्साङमो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, सञ्जय बान्तवा, अरुणा हिङ्माङ, प्राज्ञ सभा सदस्य अशोक लामा, कृष्णप्रकाश शाह, प्रदीप शाक्यलगायतको उपस्थिति रहेको थियो । 

प्रदर्शनीमा नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगङ्गा दर्शनधारी, सञ्जय बान्तवा राई,  अरुणा हिङ्माङ, दिनेश्वर महतो, सुदर्शनविक्रम राणा, सुनिता राणा, प्रमिला वज्राचार्य,  अजय उपरकोटी, एन्जिला जोशी, विपना महर्जन, नरबहादुर विके, दीपेन्द्रमान बनेपाली, इशान परियार, ज्योति खड्का, कमल अधिकारी, केशवराज खनाल, किशोर नकर्मी, मानबहादुर परियार, नताशा परियार, एनबी गुरुङ, पद्म सुन्दास, पुनम कुमारी दास, प्रशान्त आचार्य, राहुल विके, रोशन मुनिकार, सविता डङ्गोल, सरिता मण्डल, शिवहरि ज्ञवाली, सुजन शिवा, सुमन नेपाल, सुनील विके, सुनील हरिजन, सुरक्षा वाग्ले, सुस्मा श्रेष्ठ, उसिना महर्जनलगायतका कलाकृति राखिएको छ । प्रदर्शनी २० गतेसम्म चल्ने छ ।