• ४ पुस २०८१, बिहिबार

दुई हजार छयहत्तर स्मार्ट बत्ती जडान

blog

ललितपुर, मङ्सिर १५ गते । ललितपुर महानगरपालिकाले महानगर उज्यालो अभियान अन्तर्गत स्मार्ट सडक बत्ती जडान गर्ने कार्य विस्तार गरेको छ । महानगरभरि नै रात्रिकालीन समयमा सहज  रूपमा आवतजावत गर्न सकिने गरी महानगरपालिकाले सडक बत्ती विस्तार गर्ने कार्यलाई अभियानकै रूपमा अगाडि बढाएको हो । बिहीबार महानगरपालिका वडा नं २५ स्थित भैँसेपाटीमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले संयुक्त रूपमा सडक बत्तीको उद्घाटन गर्नुभयो । उक्त सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेसँगै अब महानगरपालिकाभित्र स्मार्ट सडक बत्तीको सङ्ख्या दुई हजार ७९ वटा पुगेको महानगरपालिकाले जनाएको छ । 

महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अब महानगरपालिकाको भैँसीपाटी, खोकना, धापाखेल, सुनाकोठी, हरिसिद्धिलगायतका चक्रपथबाहिरका प्रमुख सडकहरूमा स्मार्ट सडक बत्ती जडान भई रात्रिकालीन समयमा सहज आवतजावत गर्न सकिने भएको बताउनुभयो ।  महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लागत साझेदारीमा उक्त सडक बत्ती जडान गरिएको हो ।