• ८ जेठ २०८१, मङ्गलबार

निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारीमा राई

blog

काठमाडौँ, मङ्सिर १०  गते । निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सम्हाल्नु भएको छ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आइतबार बिहान अस्ट्रियातर्फ प्रस्थान गर्नुभएपछि निमित्तको जिम्मेवारी राईले सम्हाल्नु भएको हो । 

इन्टरपोल महासचिवालयको आयोजनामा अस्ट्रियाको भियनामा मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।