• ६ माघ २०८१, आइतबार

सीमाक्षेत्रमा आठ लाख रुपियाँसहित दुई जना पक्राउ

blog

नेपाल भारत सीमाक्षेत्रमा पर्ने समसी ५ स्थित पोखरभिण्डाबाट सशस्त्र प्रहरीले बरामद स्राेत नखुलेका नेपाली नोट तथा यसका कारोबारी । तस्विरः गोरखापत्र

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ८ गते । नेपाल भारत सीमाक्षेत्रस्थित समसीबाट सशस्त्र प्रहरीले स्राेत नखुलेको रुपियाँसहित ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्रले ८ लाख दश हजार नेपाली रुपियाँसहित समसी गाउँपालिका ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकास्थित सहसौलाका ३२ वर्षीय अनिल चौधरीलाई पक्राउ गरेको हो । 

सशस्त्र प्रहरीका डिएसपी विकास अधिकारीका अनुसार बरामद भएका रुपियाँमा एक हजार दरका ५२२ र पाँच सय दरका ४३६ थान तथा एक सय दरका ५२० र पचास दरका ३७८ छन् । प्रहरीले दुवै जनालाई समसी ५ स्थित सीमा नाकाबाट शुक्रवार नियन्त्रणमा लिएको हो । सीमापारिका भारतीय बजारबाट मधेस प्रदेश ०२–००६–प १६२१ नंको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँच गर्ने क्रममा नोट फेला परेको प्रहरीले जनाएको छ ।