• ५ जेठ २०८१, शनिबार

लागुऔषधसहित युवा पक्राउ

blog

अर्जुन काफ्ले 

स्याङ्जा, मङसिर ५ गते । अर्जुनचौपारी गाउँपालिका–१ रैतमा लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २८ वर्षीय दिलबहादुर क्षेत्रीले घरमा लुकाइछिपाई राखेको अवैध लागूऔषधलाई गोप्य सूचनाको आधारमा पहरीले पक्राउ गरेको हो । 

उनले घरमा लुकाइ राखेको अवस्थामा फेनारनग ४२ एम्पुल, आइपीपीएल ३८ एम्पुल, डाइजापाम २९ एम्पुलसहित क्षेत्रीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो । 

पक्राउ परेका क्षेत्रीलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको रानाले बताउनुभयो ।