राजु लामिछाने
रुकुमपश्चिम, कात्तिक १९ गते । जाजरकोटको बारेकोट गाउँपालिका –१ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पका कारण हालसम्म रुकुमपश्चिममा ५२ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार रुकुमपश्चिममा २७ जना महिला र २५ जना पुरुषको मृत्यु भएको हो । जसमध्ये आठबिसकोटका ४२ जना र सानीभेरी गाउँपालिकाको १० जना छन् ।
प्रहरीले मृतकको सबैको सनाखत भइसकेको जनाएको छ । डिएसपी भट्टराईले पोष्टमार्टमपछि सबै शव आफन्तको जिम्मा लगाइसकिएको जानकारी दिनुभयो ।
मृतकहरुमा आठबिसकोट नगरपालिका ९ का पृथ्वीबहादुर शाही, दीपक शाही, खड्कबहादुर कामी, सम्झना विक, ओइली पुन, खली चन्द, टेकबहादुर चन्द, शिला कामी, सिर्जना कामी, रिया कामी, दिया कामी, एलिसा कामी, रमेश पुन, सदे नेपाली, डिलबहादुर नेपाली, मीना थापा, खिममान थापा, भूमिका मल्ल सिंह, पृथ्वीनारायण विक, स्नेहा विक, पवित्रा विक, बसु बुढा, अमृता जैसी, भावना जैसी, दीपेश जैसी, सरिता विक, मदन गौतम रहनुभएको छ ।
त्यस्तै, परे नेपाली, तुली मल्ल, विराज मल्ल, प्रेमा मल्ल, चन्द्रकला मल्ल, कुमार महतरा, पूर्णकुमारी शाही, भरोसा विक, रहिस विक, निशा जैसी, लेखनाथ मल्ल, आयुष मल्ल, अमृता मल्ल, किस्मत बुढामगर, मैतेबहादुर सुनार रहनुभएको छ । सानीभेरी गाउँपालिकाका धनवीर पुन, चुमनमा पुन, युमराज पुन, सितम पुन, रेजन ओली, सरस्वती विक, मनीषा परियार, निर्जल चन्द, शकुन्तला दमाइ र कृष्ण परियार छन् ।