• २८ वैशाख २०८२, आइतबार

‘बुक फ्रि फ्राइडे’ कार्यक्रमको लागत पेस गर्न महानगरको अनुरोध

blog

काठमाडौं, कात्तिक १५ गते । काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ अर्थात् पुस्तकरहित शुक्रबार कार्यक्रम निरन्तर सञ्चालन गर्न पाँच दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।

महानगरको शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार दसैँ, तिहार तथा छठ पर्व पछि विद्यालयमा नियमित पठनपाठन कार्य सुरु भएपछि सो कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने भएकोले विद्यालयमा कति वटा र कुन–कुन बाल समूह/उपसमूह गठन भएको ब्यहोरा उल्लेख गर्न अनुरोध गरिएको छ । 

उहाँले त्यस्ता बालसमूह/उपसमूहको नामसहित उक्त समूहले पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालनका लागि अनुमानित लागत तयार गरी पठाउन सबै सामुदायिक विद्यालयलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।