• ११ मंसिर २०८१, मङ्गलबार

अख्तियारद्वारा सर्वोच्चमा मुद्दा पुनरावेदन

blog

काठमाडौं, कात्तिक १३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार विशेष अदालत काठमाडौंबाट गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धमा भएको फैसला चित्त नबुझेका कारण सर्वोच्चमा सो मुद्दा पुनरावेदन गरिएको छ ।

उहाँका अनुसार सरकारी जग्गा व्यक्ति विशेषको नाममा कायम गरेको आरोपमा प्रतिवादी मनोहर प्रसाद पन्थीसहित जीवलाल भुसाल, एजाज खाँ, दीपक सुनार, यादव प्रसाद भण्डारी, सुरेन्द्रराज पौड्याल, सुदन श्रेष्ठ गरी सात जनाविरुद्व सो मुद्दा पुनरावेदन भएको छ । 

यसैगरी, गैरकानुनीरुपमा सम्पत्तिक आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा सुरेश अधिकारी, दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोम माया श्रेष्ठ, पुष्पकुमारी निरौला र बलराम शर्माको मुद्दा सर्वोच्चमा पुनरावेदन भएको उहाँले जानकारी दिनुभयो ।