• ६ जेठ २०८१, आइतबार

मनोकामना पूरा गर्ने डिग्रे साईकुमारी मन्दिर

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असोज ३० गते । रुकुमपश्चिममा पर्ने मुसीकोट नगरपालिका–५, थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरमा घटस्थापनादेखि जिल्लाबाहिर र जिल्लाभित्रका दर्शनार्थीले भिड लाग्न थालेको छ । यहाँ रुकुमपश्चिम, रुकुमपूर्व, डोल्पा, सल्यान, रोल्पा, जाजरकोट, सल्यान, दाङलगायतका जिल्लाबाट बलि चढाउन र पूजा गर्नेहरू आउने गरेका छन् । मन्दिरका पुजारी डिल्लीप्रसाद उपाध्याय गौतमका अनुसार आफ्नो मनोकाङ्क्षा पूरा गर्न मन्दिरमा भाकल गर्ने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो छ । भाकल पूरा गर्न विशेष शुभसाइत पारेर दर्शनार्थी आउने गर्दछन् । देवीले सत्य र असत्य छुट्याएर सत्यको जित गराउने विश्वास रहेको छ । मन्दिरमा पूर्णिमा र एकादशीको दिनबाहेक अन्य सबै दिनमा बलि चढाउने गरिन्छ ।