• १६ भदौ २०८१, आइतबार

हनुमानढोका दसैँ घरमा राखियो जमरा

blog

हनुमानढोकास्थित दसैँ घरमा बिहान ११ः२९ मिनेटको शुभसाइतमा घटस्थापना गरियो । तस्बिर : सुजन गुरुङ

काठमाडौं, असोज १८ गते । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ ।  बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा शङ्ख, घण्टा र डमरु बजाएर दुर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।


दसैँको पहिलो दिन वैदिक विधिपूर्वक द्वीप, गणेश र कलशको पूजा गरी जौको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुप दुर्गा भगवतीको पूजा आराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दुर्गा भगवतीको प्रसादको रूपमा ग्रहण गर्ने गरिन्छ ।