• १ जेठ २०८२, बुधबार

नेपाली संस्कृतिमा गीत र सङ्गीतको महत्त्व धेरै छ : मन्त्री श्रेष्ठ

blog

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ ।

काठमाडौं, असोज २४ गते । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित बि.स्टार फिल्म म्युजिक अवार्ड कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरूको सम्मान सरकारले गरिरहेको पनि बताउनु भयो । उहाँले कलाकारहरूले समाजमा पुर्‍याएको गोगदान र फैलाएको जनचेतना उल्लेख्य रहेको जिकिर गर्नुभयो । 

मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘नेपाली संस्कृतिमा गीत र सङ्गीतको धेरै महत्त्व रहेको छ । कलाकारहरूको सम्मानका लागि बि स्टार फिल्म अवार्ड प्रदान गर्नुभएको छ ।’’

सो अवसरमा मन्त्री श्रेष्ठले कलाकारहरूलाई बि.स्टार फिल्म म्युजिक अवार्ड प्रदानसमेत गर्नुभएको थियो ।