• १ जेठ २०८२, बुधबार

१५ हजारलाई सीपमूलक तालिम, पाँच हजारलाई रोजगारी दिने महानगरको लक्ष्य

blog

काठमाडौं, असोज २३ गते । काठमाडौँ महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ गौवर योजना अन्तर्गत आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । 

महानगरको सामाजिक विकास विभागको वरिष्ठ शाखा अधिकृत शान्ता पहाडीका अनुसार आर्थिक वर्ष २०८०÷८१ को नीति, कार्यक्रम तथा बजेटमा सो गौरव योजनालाई कार्यान्वयनमा ल्याइएको छ ।

सो योजना अनुसार महानगरका स्थायी, अस्थायी बसोबासी तथा करदातालाई स्थानीय र बजारको आवश्यकता, माग र सम्भाव्यता अनुरूपको सीप विकास तथा उद्यमशीलता विकास तालिम १५ हजार जनालाई निःशुल्क प्रदान गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

विभागले सबै वडा कार्यालयले आ–आफ्नो क्षेत्रमा रहेका बेरोजगार, युवा, रोजगारी गुमाएर बसेका, विदेशबाट सीप सिकेर फर्केका तर कामको खोजीमा रहेका तथा सीपलाई स्तरोन्नति गर्न चाहनेलाई पत्रसाथ प्रमाणित फाराम उपलब्ध गराउन अनुरोध गरेको छ ।