काठमाडौं, ३० भदौ। अपांगता भएका व्यक्तिका लागि विपदजन्य प्रकोप व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
राष्ट्रिय बहिरा महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘अपाङ्गतामैत्री विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन आवश्यकता’ विषयक कार्यक्रमका सहभागीहरूले त्यस्तो बताएका हुन्।
भूकम्प र कोभिडले धेरै असर पारेको भन्दै विपदमा जति काम हुनपर्ने त्यति नभएको बताएका थिए।अपांगता भएकालाई प्रकोप व्यवस्थापनको लागि सकारकारले नै छुट्टै नीति बनाउनुपर्ने भन्दै उनीहरूले तथ्यांक संकलन गरेर त्यसअनुसार राहत व्यवस्थापन तथा उपलब्ध गराउनुपर्ने बताएका हुन्।
न्यूनतम पूर्वाधारको व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै सहभागीले अपांगमैत्री शौचालय, अन्य पूर्वाधार समेत अपांगता भएकाका लागि व्यवस्थापन हुन नसकेको गुनासो गरेका थिए।
राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीको अध्यक्ष तथा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।