काठमाडौं, भदौ २८ गते । उत्तरी स्पेनको नर्सिङ होममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
उत्तरी स्पेनको सिएरो नगरपालिकाको एक नर्सिङ होममा बुधबार आगलागी भएको हो । आस्टुरियसको प्रिन्सिपलिटी (सेपा) को आपत्कालीन सेवाका अनुसार मृतक महिला आगलागी भएको भवनको तेस्रो तलामा थिइन् । २७ जना घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल