गोकर्ण दयाल
बैतडी, भदौ २१ गते । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती गम्भीर घाइते हुनुभएको छ । पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ : ५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय किशोरी पूजा लोहार गम्भीर घाइते हुनुभएको हो ।
गम्भीर घाइते किशोरीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिका अध्यक्ष घटनास्थल पुगेका छन् । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चितुवाको आक्रमणमा परेर युवती गम्भीर घाइते भएर बेहोस अवस्थामा रहेको बताउनुभयो । युवतीको सास चलिरहेकाले स्वास्थ्यकर्मीको टोली लिएर घटनास्थलतर्फ गइरहेको उहाँले बताउनुभयो ।
बैतडीमा गएको १० वर्ष यता चितुवाको आक्रमणमा परी २७ जनाले ज्यान गुमाइसकेका छन् ।