• १० मंसिर २०८१, सोमबार

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

blog

काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै महानगर प्रमुख बालेन्द्र साह । तस्बिर कविन अधिकारी

काठमाडौं, भदौ २१ गते । काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उहाँको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

सभागृह पुगेर रिजालको पार्थिव शरीरमा प्रमुख बालेन्द्र साहले काठमाडौँ महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै उपप्रमुख सुनिता डङ्गोलसहित अन्य व्यक्तिहरूले पनि रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


उहाँको  पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० देखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।